‘फोन पे’ को अध्यक्षमा सशिन जोशी नियुक्त, विश्वास ढकाल बाहिरिए



काठमाडौं । देशकै अग्रणी भुक्तानी सेवा प्रदायक फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । अध्यक्ष विश्वास ढकालले राजीनामा दिएपछि जोशी अध्यक्ष नियुक्त भएका हुन् ।

कार्यभार सम्हाल्दै जोशीले कम्पनीलाई थप उचाइमा पु¥याउने बताए । संचालक समिति सदस्यका रुपमा विगत दुई वर्षदेखि फोन पे आवद्ध रहेका जोशीलाई कम्पनीले अध्यक्षमा नियुक्त गरेको हो ।

फोन पे नेपालको ठूलो मोबाइल पेमेन्ट नेटवर्क हो । फोन पेका करिब १ करोड ८० लाख ग्राहक छन् । नेपालमा क्यूआर पेमेन्टको सुरुवात गर्ने पहिलो भुक्तानी सेवा प्रदायक फोन पे एफ्वान सफ्टको भगिनी संस्था हो ।

उनी २०१८ सम्म नबिल बैंकको सीईओ हुनुअघि एनआईसी एसिया बैंकको सीईओ थिए । जोशी एनआईसी एसिया बैंकभन्दा अगाडि एनआईसी बैंकमा पनि सीईओ थिए ।

बैकर्स संघको अध्यक्ष पनि भएका जोशीले नेपाल अरब बैंक (हालको नविल) बाट करियर सुरु गरेका थिए । उनीसँग स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेको अनुभव पनि छ ।

३५ वर्षभन्दा बढी समय बैंकिङमा रहेका जोशीलाई आजका बैंकरहरुले निकै धेरै मान्छन् । एग्रेसिभ बैंकिङ भन्दा पनि जोशीले कन्जरभेटिभ र कम्प्लाइन्स बेस बैंकिङ गर्दै आएका थिए ।

जोशी मदिरा उत्पादक जाउलाखेल ग्रुप अफ इन्डस्ट्रजिमा २०७५ कात्तिकदेखि कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् ।


क्लिकमान्डु