सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा राजनसिंह भण्डारी नियुक्त




काठमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा बैंकर राजनसिंह भण्डारी नियुक्त भएका छन् ।

भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंसिर पहिलो साता सदस्यमा नियुक्त गरेको हो । लामो समय बैंकिङ क्षेत्रको अनुभव भएका भण्डारी केही समय अघि मात्रै सिटिजन्स बैंक इन्टरनेशनलको अध्यक्षबाट बाहिरिएका हुन् ।

उनी बैंक स्थापना कालदेखि प्रमुख कार्यकारी अधिकृत थिए । उनी बैंकर्स संघको अध्यक्ष समेत भएका भण्डारी नेपाल राष्ट बैंकका पूर्व कर्मचारी पनि हुन् ।

कोषमा नेपाल उद्योग वाणिज्य महासंंघ, नेपाल उद्योग परिसंघ, होटल एसोशियसनका प्रतिनिधि रहेका छन् । महासंघको अध्यक्ष भएपछि केही समय अघि चन्द्र ढकालले कोषको सदस्यबाट हटेका थिए । ढकालको राजीनामापछि रिक्त भएको पदमा भण्डारीलाई नियुक्त गरेको हो ।


क्लिकमान्डु