धुलिखेलको होटल सारथीले एकै वर्ष गर्‍यो पौने ७ करोडको व्यापार, कोठा थप गर्दै



काठमाडौं । धुलिखेलमा रहेको होटल सारथीले एकै वर्ष पौने ७ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०१३ मा ६ करोड ७० करोड रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२१ मा १ करोड ९० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा ५ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा २९.३९ प्रतिशत बढी कारोबार भएको थियो । सन् २०२३ मा ५१ प्रतिशतले क्षमता बढ्दा कारोबार सकारात्मक देखिएको उल्लेख छ ।

कम्पनीले सन् २०२३ मा प्रतिकोठाको मूल्य ८ हजार २१६ रुपैयाँमा लिएको जनाएको छ । सन् २०२२ मा उक्त कोठाको मूल्य ७ हजार ९३० रुपैयाँ थियो ।

त्यस्तै, कम्पनीले सन् २०२३ मा २८.३१ प्रतिशतले नाफा कमाएको छ । जसमा कम्पनीले १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२२ मा १६.४८ प्रतिशतले नाफा कमाएको थियो । जसमा कम्पनीले सन् २०२२ मा १ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीअनुसार सन् २०२३ मा पर्यटक बढ्दा कोभिड अघिकै अवस्थामा कारोबार भएको छ ।

सन् २०१४ मा स्थापना भएको होटल २.९३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सुरुमा ७५ वटा कोठाको सुविधा दिने गरी निर्माण भएको उक्त होटल ‘होटल सारथी’मा सञ्चालनमा छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५९ करोड रुपैयाँ अर्थात् डबल बी माइनस र अल्पकालीन कर्जाका लागि १ करोड रुपैयाँको अर्थात् एफोर रेटिङ गराएको छ ।

कम्पनीले होटलको कोठाको क्षमता विस्तार गर्न कर्जा लिएको जनाएको छ । सन् २०१९ मा २० वटा पर्यटकका लागि स्ट्यान्डर्ड कोठाको सुविधा दिँदै आएको होटलले ८० वटा कोठाको सुविधा दिने तयारी गरेको छ । कम्पनीले ८५ करोड २० लाख रुपैयाँ लगानी थप गरी ८० वटा कोठाको सुविधा दिने भएको हो ।

कम्पनीले सन् २०२३ को जुन सम्ममा ५५ वटा कोठाको सुविधा दिँदै कारोबार सुरु गरेको छ । कम्पनीअनुसार २०२३ को अन्त्यसम्ममा ८० वटा कोठाको सुविधासहित सञ्चालनमा आउनेछ । प्रल्हाद प्याकुरेल अध्यक्ष रहेको कम्पनीको महाप्रबन्धक ध्रुव शर्मा छन् ।


क्लिकमान्डु