सेयर बजारमा दोहोरो अंकको सुधार, बढ्यो कारोबार रकम
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।
कारोबार रकम पनि बढेको छ । बजारमा मापन गर्ने सूचक ११.७३ अंकले बढेर परिसूचक १८५२.७७ बिन्दुमा रोकिएको छ । २९९ कम्पनीको ९५ लाख ५ हजार ६०८ कित्ता सेयर २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा प्राय सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको ६.९४, विकास बैंकको २०.२७, वित्त ११.२४, होटल ३२.४४, जलविद्युत २०.०९, जीवन बीमा ८.८४, उत्पादन तथा प्रशोधन ३१.८१, निर्जीबन बीमा समूहको उपसूचक २०९.२४ अंकले बढेको छ ।
कारोबारमा त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था, सीवाईसी नेपाल लघुवित्त, आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने ग्लोबल आइएमई लघुवित्त, मदाङकिनी हाईड्रोपावर, विजय लघुवित्त, मेन्छियाम लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कारोबारमा १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ ।