राष्ट्र बैंककै शक्तिशाली मानिने नियमन विभागबाट गुणाकर भट्ट हटाइए, गुरु पौडेललाई जिम्मेवारी



काठमाडौं । वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको जिम्बेवारी हेरफेर गरिएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले केन्द्रिय बैंकको शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागबाट डा. गुणाकर भट्टलाई हटाएर गुरु पौडेललाई प्रमुख बनाएका हुन् ।

भट्टलाई यसअघि पौडेल प्रमुख रहेको भुक्तानी प्रणाली विभागमा भट्टको सरुवा भएको छ । भट्ट लामो समयदेखि शक्तिशाली मानिने नियमन, सुपरिभिजन र रिसर्च विभागमा थिए ।

भट्ट र पौडेल दुबैले मंसिर २४ गते आइतबारदेखि आफ्नो नयाँ विभागीय जिम्मेवारी सम्हाल्नेछन् ।


क्लिकमान्डु