धनगढीका बोहोराले जिते डिशहोमबाट १ लाख रुपैयाँ, रकम हस्तान्तरण



काठमाडौं । डिशहोमले ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गतको विजेतालाई पुरस्कार रकम प्रदान गरेको छ ।

यस योजना अन्तर्गत धनगढीका आनसिंह बोहराले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।

एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

२०८० कार्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत धनगढीका आनसिंह बोहराले एक लाख जितेका थिए ।

डिशहोमले दसैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो ।

उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु डिशहोमले धन्यवाद साथै हरेक हप्ता नगद एक लाख जित्न सफल विजेतालाई बधाई दिएको छ ।


क्लिकमान्डु