तारागाँउ रिजेन्सी होटल्सको सेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तारागाँउ रिजेन्सी होटल्सको सेयर कारोबार फुकुवा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट घोषणा गरेको लाभांश समयमा नै नेप्सेमा जानकारी नगराएको भन्दै कारोबार रोक्का गरेको थियो ।

समयमा नै लाभांश घोषणा गरेको जानकारी नगराएपछि नेप्सेले कम्पनीलाई तीन दिने स्पष्टिकरण सोधेको थियो ।

कम्पनीले मंसिर १८ गते नेप्से समक्ष मानवीय त्रुटी भएका कारण समयमा नै जानकारी गराउन नसकेको र आगामी दिनमा यस्तो कमजोरी नगर्ने प्रतिबद्धता जनाएको छ । त्यससँगै नेप्सेले कारोबा फुकुवा गरेको जनाएको छ ।


क्लिकमान्डु