चन्द्रागिरी हिल्सका महाप्रबन्धक संजीव थापाको राजीनामा स्वीकृत



काठमाडौं । चन्द्रागिरी हिल्सका महाप्रबन्धकले राजीनामा दिएका छन् ।

कम्पनीका महाप्रबन्धक संजीव थापाले दिएको राजीनामा सोमबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

उनको राजीनामा स्वीकृत भएसँगै अर्को व्यवस्था नभएसम्मका लागि एक्जुकेटीभ म्यानेजर श्याम तण्डूकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको जनाइएको छ ।


क्लिकमान्डु