मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट भएको छ ।

आईपीओमा आवेदन दिएकामध्ये १ लाख १४ हजार ८०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । आईपीओमा १२ लाख ७८ हजार ८६७ जनाले आवेदन दिएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएको छ । जसमा ४ हजार ३०० जनाको आवेदन रद्द भएको छ । योग्य १२ लाख ७४ हजार ५६७ आवेदकहरुलाई गोलाप्रथामा समावेश गराइएको जनाइएको छ ।

कम्पनीले मंसिर ८ देखि १२ गतेसम्म ४२ हजार कित्ता सेयर कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

आईपीओ परेको थाहा पाउन बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटको वेबसाइट, मेरो सेयर, निष्कासन कर्ता कम्पनी मुक्तिनाथ कृषि कम्पनीको वेबसाइट र सीडीएससीले आईपीओको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु