आईपीओ निष्कासन गर्ने तयारीमा माविलुङ्ग इनर्जी



काठमाडौं । माविलुङ्ग इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले मंसिर २१ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव रहेको छ ।

सभा कम्पनीको कार्यालय कुपन्डोल ललितपुरमा हुनेछ । सभामा आईपीओ निष्कासन गर्नुका साथै आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने प्रस्ताव रहेको छ ।

यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु