सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ३.४२ अंकले घटेर परिसूचक १८४७.८१ बिन्दुमा रोकिएको छ ।

कारोबारमा १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको सेयर मूल्य घटेको छ । २९२ कम्पनीको ३८ लाख ९६ हजार २८७ कित्ता सेयर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ७.१६, होटल ९.३४, जलविद्युत २.३६, उत्पादन तथा प्रशोधन १७, माइक्रोफाइनान्स १.२८, अन्य समूहको उपसूचक ८.८२ अंकले घटेको छ । कारोबारमा विकास बैंक १.०१, वित्त ८.९६, जीवन बीमा ९८.८५, निर्जीबन बीमा ३४.३२ अंकले बढेको छ ।

कारोबारमा समाज लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, माउन्टेन हाईड्रोपावर, हिमालयन हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने एनआरएन इन्फ्रास्टक्चर, माउन्टेन इनर्जी, इङवा खोला, इमर्जीङ नेपालका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ४६ लाख ३१ हजार ७२३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र सिटिजन्स लाइफ इन्स्योरेन्स रहेको छ ।


क्लिकमान्डु