ठूलो खोला हाईड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बोलायो साधारणसभा



काठमाडैं । ठूलो खोला हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले मंसिर २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीका अनुसार सभामा सेयरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आवश्यक प्रकृया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने जनाएको छ ।

यस्त सभामा अन्य नयाँ परियोजनाहरुमा लगानी गर्ने लगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

यस्तै सभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका विषयमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु