आईपीओ निष्कासन गर्ने तयारीमा बन्दीपुर केबलकार
काठमाडैं । बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले पुस १४ गते बार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । सभाले पारित गरेपछि कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि निष्कासनको प्रकृयामा जानेछ ।
सभा बन्दीपुर परियोजना केबलकार चोक, बन्दीपुर–४, तनहूँमा हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका विषयमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।