नेपाल हाईड्रो डेभलोपर्सले ७.३७ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल हाईड्रो डेभलोपर्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

मंसिर १५ गते बसेको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ७ प्रतिशत र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले पुस १२ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते बुक क्लोज गर्ने भएको छ । मंसिर २४ गते सम्म कायम रहेका सेयरधनीले उक्त लाभांश पाउने छन् भने सभामा सहभागी हुन पाउनेछन् ।
कम्पनीले प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु