नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वउपप्रधानमन्त्री थुनामा, पूर्वगृहमन्त्री खाणका विषयमा राय बाझियो (आदेशको पूर्णपाठ)



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार उच्च अदालत पाटनले केही व्यक्तिलाई धरौती र केहीलाई थुनामा राख्न आदेश दिएको छ ।

२२ जना प्रतिवादीमध्ये अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिएको छ भने पूर्वगृहमन्त्री बालकृष्ण खाणका विषयमा न्यायाधीशको राय बाझिएको छ । राय बाझिएपछि तेस्रो न्यायाधीशले धरौटीमा रिहा गर्ने वा नगर्ने भन्ने आदेश दिनेछन् ।

शुक्रबार अदालतको आदेशअनुसार रायमाझीसहित टेकनारायण पाण्डे, डा इन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पा थुनामै रहेका छन् ।

अन्य प्रतिवादीहरुमा केही धरौटी र केही साधारण तारेखमा रिहासम्म हुनेछन् । अदालतका अनुसार सन्दीप रायमाझी, टेकनाथ रिजाल, टेक नारायण पाण्डे, नरेन्द्र केसी लगायतलाई धरौटीमा छोड्न आदेश दिएको हो ।


क्लिकमान्डु