नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वमन्त्री खाणलाई रिहा गर्ने सम्बन्धमा यसरी बाझियो राय (रायसहित)



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायाधीशबीच राय बाझिएपछि पूर्वमन्त्री बालकृष्ण खाण रिहा मुक्त हुन सकेनन् ।

उच्च अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायतलाई धरौटीमा रिहा गर्ने विषयमा न्यायाधीशहरुबीच राय बाझिएको जनाएको छ । न्यायाधीश जनक पाण्डेले‍ खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए । न्यायाधीश प्रकाश खरेलले भने उनलाई थुनामै पठाउनुपर्ने राय दिएका थिए ।

प्रतिवादीहरु मध्ये प्रतिवादी बालकृष्ण खाण बाहेकका अन्य प्रतिवादीहरुका हकमा न्यायाधीश जनक पाण्डेबाट भएको आदेश रायसंग सहमत भएको छु ।

प्रतिवादी बालकृष्ण खाणका हकमा प्रतिवादी टेक नारायण पाण्डे र केशव दुलाल बिचको मोबाइल म्यासेजन, प्रतिवादी नरेन्द्र केसीबाट बरामद भएको प्रतिवादी टेक नारायण पाण्डेले प्रतिवादी नरेन्द्र के.सी.लाई लेखी दिएको कागज, प्रतिवादी आङटावा शेर्पाको घटनाविवरण कागज तथा सह प्रतिवादी टेक नारायण पाण्डेको अधिकार प्राप्त अधिकारी समक्षको २०८० वैशाख २७ को ततिम्बा बयान समेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाण अभियोग दावीको कसुरमा अहिले नै निर्दोष रहेछन भनी विश्वास गर्न मिल्ने मनासिब आधार नदेखिएको हुँदा माननीय न्यायाधीश जनक पाण्डेबाट निज प्रतिवादीलाई मुलुकी फौजदारी संहित, २०७४ को दफा ६८ र ७२ बमोजिम नगद ३० लाख धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने गरी भएको आदेशसंग सहमत हुन सकिएन । प्रतिवादी बालकृष्ण खाणलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट २०८० असार १ गते भएको आदेश मनासिब देखीदा परिवर्तन गरि रहनु परेन ।

कानून बमोजिम गर्नु । हुन नसकेकोले प्रस्तुत फरक प्रतिवादी बालकृष्ण खाणको हकमा आदेश, राय मतैक्यता राय सहितको निवेदक बालकृष्ण खाण विपक्षी नेपाल सरकार भएको ०८०–आरई–०२८८ को प्रतिवेदन उच्च अदालत नियमावली, २०७३ को नियम १२ बमोजिम तेस्रो न्यायाधीश समक्ष पेश गर्नु ।’


क्लिकमान्डु