नक्कली शरणार्थी प्रकरण: सचिव टेकनारायण पाण्डे थुनामै रहने*



कााठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ ।

शुक्रबार न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले शुक्रबार पाण्डेलगायतलाई सुरु जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्ने आदेशलाई सदर गरेको हो ।

‘यी प्रतिवादीहरुउपरको जाहेरी दरखास्त, प्रतिवादीहरुको एकापसको पोल बयान, पीडितहरुको घटना विवरण कागजसमेतका तत्काल प्राप्त प्रमाणहरुका आधारमा यी निवेदक प्रतिवादीहरु टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा र इन्द्रजीत राईलाई मुद्दा पुर्पक्षको निम्ति थुनामा राख्ने भएको तहाँ अदालतको मिति २०८०/०३/१ को आदेश मिलेको नै देखिँदा परिवर्तन गरिरहनु परेन’ आदेशमा भनिएको छ ।

गृह सचिव रहेको समयमा पाण्डेले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने काममा सहयोग गरेको अभियोग छ ।

* त्रुटी सच्याइएको-सं


क्लिकमान्डु