युनिलिभर नेपालका प्रबन्ध सञ्चालकको तलब भत्ता करिब ५ करोड, सञ्चालकले बुझे सवा ३ लाख



काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षमा प्रबन्ध सञ्चालकलाई ४ करोड ८१ लाख ५३ हजार रुपैयाँ तलब भत्ता दिएको छ ।

कम्पनीले प्रबन्ध सञ्चालकलाई अन्य खालका सुविधा दिएको छैन । कार सुविधा, बसोबास, बीमा सुविधा दिएको छैन । तलब भत्ता मात्रै दिने गरेको जनाएको छ ।

यस्तै कम्पनीले अन्य पदाधिकारी तथा कर्मचारीलाई बार्षिक २५ करोड २४ लाख ८६ हजार रुपैयाँ भक्तानी गरेको जनाएको छ । कम्पनीमा २२३ कर्मचारी रहेका छन् ।

यस्तै कम्पनीले गत आवमा सञ्चालकलाई ३ लाख २४ हजार रुपैयाँ भुक्तानी गरेको छ । सञ्चाकललाई अन्य कुनै भत्ता दिएको छैन । अध्यक्षमा देव बाजपेई रहेका छन् भने स्वतन्त्र सञ्चालकमा सुबास बज्राचार्य, प्रबन्ध निर्देशकमा अम्लान मुखर्जी, मनोनित निर्देशकमा रविभक्त श्रेष्ठ, योगेश मिश्रा, आशा गोपालकृष्णा र कृष्णम सुन्दरम् रहेका छन् ।

गत आवमा कम्पनीको ७ पटक सञ्चालक समितिको बैठक बसेको थियो । गत आवको नाफाबाट कम्पनीले सेयरधनीलाई १५ सय ८० रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु