सेयर बजार राताम्मे



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

कारोबारको सुरुदेखि नै घट्न थालेको बजार अन्तिम १० मिनेटमा बढ्न खोजेपनि सकेन । अन्तिम १० मिनेटमा बजार मापन गर्ने सूचक १८५२ बाट बढेर १८५८.५३ बिन्दुमा रोकियो । बजार मापन गर्ने सूचक १८.०६ अंकले बढ्यो ।

२८९ कम्पनीको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीको सेयर मूल्य बढेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको १०.६५, विकास बैंक २१.७९, वित्त २६.५३, होटल ८१.४८, जलविद्युत ३४.६३, जीवन बीमा १००.५७, उत्पादन तथा प्रशोधन ३८.०३, माइक्रोफाइनान्स २१.४०, निर्जीबन बीमा ६५.०८, ट्रेडिङ समूहको उपसूचक ९.५८ अंकले घटेको छ ।

कारोबारमा रु रु जलविद्युत परियोजना, छिमेक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने विजय लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी, युनाइटेड इदी मर्दी आरबी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु