नेपाल र भारतबीच यात्रु बस सञ्चालनका लागि स्वीकृत लिनुपर्ने, यी हुन् निर्धारित रुटहरु



काठमाडौं । सरकारले नेपाल र भारतबीच सञ्चालन हुने यात्रुबाहक यातायात सेवाको लागि आधिकारिक सञ्चालक स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । सरकारले आज सूचना जारी गर्दै यातायात सेवाको लागि आधिकारिक सञ्चालक स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो ।

नेपाल र भारतबीच सञ्चालन हुने यात्रुबाहक नियमन सम्बन्धमा दुई देशबीच २०१४ नोभेम्बर २५ मा सम्झौता भएको थियो । उक्त सम्झौतामा निर्धारण गरिएका मार्गरुटहरुमा स्वच्छ तथा प्रतिस्पर्धात्मक ढङ्गबाट यातायात सेवा सञ्चालन गर्न आधिकारिक सञ्चालकको रुपमा सूचीकृत हुन इच्छुक र यातायात सेवा प्रदायकको रुपमा पञ्जिकृत कम्पनीहरुलाई निवेदन दिन आह्वान गरेको छ ।

विभागले सूचना प्रथम पटक प्रकाशित भएको मितिबाट ३५ दिनभित्र विभागमा प्राप्त हुने गरी तोकिएको कागजातहरु संलग्न राखी प्रत्येक रुटका लागि अलग–अलग निवेदन आह्वान गरिएको छ । तर, यसअघि विभागको मिति २०७६ जेठ १ गते र २०७९ जेठ १२ गतेको निर्णयानुसार आधिकारिक सञ्चालकको रुपमा सूचीकृत भइसकेका कम्पनीहरुले यो सूचना अनुसार निवेदन पेश गर्नु पर्ने छैन ।

विभागअनुसार आधिकारिक सञ्चालक सूचिकृत गर्न १० हजार रुपैयाँ लाग्नेछ । त्यसमा विभागले विभिन्न रुटहरुको मार्ग निर्धारण गरेको छ ।


क्लिकमान्डु