प्रेसराइजेसन फेल भएपछि बुध्द एयरको विमान आकस्मिक अवतरण



सांकेतिक तस्बिर

काठमाडौं । बुध्द एयरको विमानमा समस्या देखिएको छ । काठमाडौबाट चन्द्रगढीका लागि उडेको बुध्द एयरको ९५९ नम्बरको विमानमा समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए।

बुधबार दिउँसो ४ बजेर २ मिनेटमा त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बुध्द एयरको विमान ८ हजार ५ सय फिटको उचाईमा पुगेपछि प्रेसराइजेसन प्रणालीमा समस्या देखिएको विमानस्थल कार्यालयका अर्का अधिकारीले जानकारी दिए ।

विमानको प्रेसराइजेसन प्रणालीले काम नगरेपछि पाइटल एन मानन्धरले विमानलाई ४ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए ।

प्रेसराइजेसन प्रणालीले काम नगर्दा ८ हजार ५०० फिट माथी विमानमा सवार यात्रुलार्य स्वास्प्रस्वासमा समस्या हुने भएकाले तत्कालै आकस्मिक अवतरण गरिएको हो ।

विमानस्थल कार्यालयका एक अधिकारीका अनुसार काठमाडौं विमानस्थलबाट २५ माइल दक्षिण पूर्वबाट विमानलाई काठमाडौ फर्काइएको थियो ।

बुध्द एयरले समाजिक संजाल एक्समा काठमाडौंबाट भद्रपुर उडेको उडान नं. ९५९ एएनक्यू नम्बरको को विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई पुन: काठमाडौं विमानस्थलमा अवतरण गराएको जनाएको छ ।

बुध्दले यात्रुहरुलाई अर्को विमानबाट गन्तव्यतर्फ पठाइएको र समस्या देखिएको विमानलाई प्राविधिकले चेक जाँच गरिरहेको जनाएको छ ।


क्लिकमान्डु