नेपाल वेयरहाउजिङको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, ५० हजार कित्तासम्म आवेदन दिन सकिने
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।
आईपीओमा आवेदनकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनसक्नेछन् । कम्पनीले मंसिर ११ देखि ११ लाख ४१ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ भने सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।