ओलीलाई प्रधानमन्त्रीले सिंहदरबार घुमाएपछि…



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

दुई नेताबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो ।

भेटवार्तापछि एमाले अध्यक्ष ओलीले सिंहदरबारको पश्चिम भेगको ग्यालसीको अवलोकन गरेका थिए ।

प्रधानमन्त्री दाहाल बुधबार बुधबार सिंहदरबार पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेका थिए ।

१२० वर्ष पुरानो यो भवनलाई त्यसको मुल संरचना जस्ताको त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिलाई पुनःनिर्माण भएको छ ।

पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको थियो ।


क्लिकमान्डु