स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने रास्वपाको तयारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारी थपको तयारी गरेको छ ।

मधेश प्रदेशको जलेश्वरमा जारी बैठकबाट तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरिएको रास्वपा स्रोतले जनाएको छ ।

सांसद् सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाउने तयारी गरिएको छ । सहमहामन्त्री खाली रहेपछि सुमना र विपिनलाई जिम्मेवारी दिने तयारी गरिएको हो ।

११ सदस्यीय पदाधिकारी रहने व्यवस्था रास्वपाको विधानमा छ । दुई उपसभापतिमा एक डोलप्रसाद अर्याल (डिपी)छन् भने अर्को रिक्ट पदमा वाग्लेलाई चयन गर्ने तयारी छ । रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ ।


क्लिकमान्डु