काठमाडौंको टेकुमा सिटिजन्स बैंकको नयाँ शाखा स्थापना



काठमाडौं । डेढ दशकदेखि सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्‍याउँदै आएको सिटिजन्स बैंकले काठमाडौंको टेकुमा १८९औं शाखा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको ३७ शाखा र बागमती प्रदेशमा ५१ शाखा पुगेका छन् ।

टेकुमा मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष पाण्डेले  प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने धारणा व्यक्त गरे ।

सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतलगायतको पनि उपस्थिति थियो । शाखाको उद्घघाटन कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको पनि सहभागिता थियो ।

सुविधा सम्पन्न यस शाखामार्फत लकर सेवा, एटीएम सेवालगायत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

सिटिजन्स बैंकले देशभरका १८९ शाखा, १४९ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु