पर्यटन सञ्जालमार्फत जाजरकोट भूकम्पपीडितका लागि राहत हस्तान्तरण



काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहको संयोजकत्वमा गठन भएको संघ संस्थाहरुको सञ्जाल टुगेदर फर टुरिजमले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर जाजरकोट भूकम्पपीडितका लागि राहत रकम हस्तान्तरण गरेको छ।

यस्तो राहतस्वरुप होटल संघ नेपालको तर्फबाट १५ लाख ५६ हजार ८ सय ७८ रुपैयाँ पहिलो चरणमा दिएको छ । नगदका साथै सदस्य होटल हिमालयको तर्फबाट थप ५ लाख रुपैयाँ बराबरको एक्रिलिक पन्चु ५०० थान र लाइभ सेभर वाटर फिल्टर १५ वटा हस्तान्तरण भएको छ ।

प्रधानमन्त्री राहत कोषमा जम्मा भएको उक्त राहतमा स्कल नेपालको तर्पmबाट ५ लाख बराबरको ब्लयांकेट २४० थान, स्लिपिङ ब्याग १०० थान, ह्विल चियर ५ थान, स्ट्रेचर ५ थान, प्रोटेक्टिभ सुट २० थान सामग्रीसहित नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज र टुरिष्ट बस एसोसिएसन अफ नेपालको सहित गरी करिब ३० लाख बराबरको नगद जिन्सी हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष शाहले भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारका लागि पर्यटन सम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरी सिक्दै कमाउँदैको अवधारणा लागू गर्नुपर्ने बताए उनले यस्तो कार्यक्रमले भूकम्प पीडितहरुलाई जिविकोपार्जनमा सहयोग पु¥याउने पनि बताए ।


क्लिकमान्डु