हरेक दिन नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दा केही दिनयता दैनिक जसो नयाँ रेकर्ड कायम गर्दै गएको छ ।

सोमबार मात्रै छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १७ हजार ४ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको थियो ।

उक्त रेकर्डलाई ब्रेक गर्दै मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघअनुसार मंगलबार तेजावी सुनको मूल्य १ लाख १७ हजार १५० रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १५ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु