बेलायतमा रोजगारीका लागि छानिए ७१ नेपाली नर्स



काठमाडौं । बेलायतमा स्वास्थ्य क्षेत्रको रोजगारीका लागि ७१ जना नेपाली नर्स छनोट भएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आवेदन दिएकामध्ये ७१ जना अन्तर्वार्ताका लागि छनोट भएका हुन् ।

बेलायती सरकारले पहिलो चरणमा स्वास्थ्य क्षेत्रमा एक सय जना नेपाली नर्स लैजाने गरी आवेदन आह्वान गरेको थियो । तीन महिनाको लामो समय दिएर आह्वान गरेकोमा ७७५ भन्दा बढी आवेदन परेका थिए । त्यसमध्ये ७१ जनाले मात्रै तोकेको मापदण्ड पूरा गरेको पाइएको छ ।

सरकारले २०७९ भदौ ६ गते बेलायतसँग श्रम सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार आवेदन खुल्ला गरेको थियो । उक्त खुल्ला अनुरुप छनौट भएका व्यक्तिहरुलाई तोकेको समयमा अन्तवार्ताका लागि सहभागी हुन अनुरोध गरेको छ ।


क्लिकमान्डु