ग्लोबल आइएमई बैंकको ९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

कम्पनीले मंसिर २८ गते बिहीबार वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद सहित ९ प्रतिशत लाभांश दिने भएको छ । उक्त लाभांश सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सभा, नेपाल प्रज्ञा पतिष्ठान कमलादीमा बिहान ९ बजे सुरु हुनेछ ।


क्लिकमान्डु