मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ ।

प्रतिकित्ता १४ करोड रुपैयाँको सेयर निष्कासन गरेको छ । जसमा पहिलो चरणमा १ करोड ४० लाख रुपैयाँ १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन भएको छ । यस्तै ४२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले मंसिर ८ गतेदेखि आईपीओ निष्कासन गरेको हो । सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।


क्लिकमान्डु