एक दिन पनि टिकेन सेयर बजारमा उछाल, दोहोरो अंकको गिरावट



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा आएको उछाल एक दिन पनि टिकेन ।

आइतबार बजारमा हरियाली छाएको थियो । आइतबारको उछाल टिक्न नसक्दा सोमबार बजार ११.२७ अंकले घटेको छ । यो दिन कारोबार रकम पनि घटेको छ । सोमबार बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ११.२७ अंकले घटेर परिसूचक १८९६..६७ बिन्दुमा रोकिएको छ ।

यो दिन २९० कम्पनीको ६० लाख १७ हजार ३९७ कित्ता सेयर १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ कम्पनीको सेयर मूल्य बढेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ भने केहीमा सुधार देखिएको छ । बैंकिङ समूहको ९.९७, विकास बैंक ७.७०, वित्त १३, होटल १६.२४, जीवन बीमा ९४.१२, उत्पादन तथा प्रशोधन ४०.५६, निर्जीबन बीमा ५४.५६, अन्य समूहको उपसूचक १.८४ अंकले घटेको छ । कारोबारमा होटल तथा पर्यटन १२.७७, लगानी ०.३३, ट्रेडिङ समूहको उपसूचक १०.३९ अंकले बढेको छ ।

कारोबारमा अप्पर साङ्गे हाईड्रोपावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत, शुभम पावर, विशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त, मिर्मिरे लघुवित्त, थ्री स्टार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ७७ लाख ६३ हजार ५८५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिलायबल नेपाल लाइफ र सिटिजन्स लाइफ इन्स्योरेन्स रहेको छ ।


क्लिकमान्डु