ग्लोबल आइएमई बैंकको ३५१औँ शाखा बैतडीको पाटनमा

280
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका ६ पाटनबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन पाटन नगरपालिका प्रमुख गौरीसिंह रावलले गरे ।

नयाँ शाखाको सञ्चालनसँगै बैंकका शाखा कार्यालयको संख्या ३५१ पुगेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।