कुमारी बैंकबाट बाहिरिँदै संस्थापक सेयरधनी लिला बहादुर गुरुङ



काठमाडौं । कुमारी बैंकका संस्थापक सेयरधनी लिला बहादुर गुरुङले बैंक छोड्ने भएका छन् ।

ओखलढुंगा जिल्लाको रुम्जाटार-९ का गुरुङ बैंकमा आफ्नो नाममा रहेको ९१ हजार ६३८ कित्ता सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका हुन् ।

कुमारी बैंकले संस्थापक सेयरधनी गुरुङको नाममा रहेको ९१ हजार ६३८ कित्ता सेयर बिक्री खुला गरेको छ । उक्त सेयरमा बैंकमा हाल रहेका अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

त्यसका लागि ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ । बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालयमा नक्साल नागपोखरीमा आवेदन दिन सक्नेछन् ।

उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरेमा सर्वसाधारण वा संस्थालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु