सेयर बजारमा हरियाली, १ महिना पछि १९ सय बिन्दुमा उक्लियो
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ ।
कारोबारको सुरुदेखि नै देखिएको सुधार अन्तिम समयसम्म पनि कायमै छ । बजार मापन गर्ने सूचक ४७.७५ अंकले बढेर परिसूचक १९०७.९५ बिन्दुमा रोकिएको छ । एक महिना भन्दा लामो समयपछि बजारले १९ सय बिन्दु पार गरेको छ । कात्तिक २ गते १९०३.८४ बिन्दुमा रहेको बजार त्यसयता लगातार घटेको थियो । यो दिन भने १९ सयको बिन्दु पार गरेको छ ।
कारोबारमा २९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा हरियाली छाउँदा सबै समूहको उपसूचक बढेका छन् । बैंकिङ समूहको उपसूचक २१.७८, विकास बैंक ९५.६६, वित्त ६३.६७, होटल ९०.२०, जीवन बीमा ४४९.८६, उत्पादन तथा प्रशोधन १५३.९७, माइक्रोफाइनान्स ६७.३२, निर्जीबन बीमा समूहको उपसूचक ३५८.८१ अंकले बढेको छ ।
कारोबारमा २३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने २१४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । कारोबारमा दुई कम्पनी छ््याङदी हाईड्रोपावर र भगवती हाईड्रोपावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।
यस्तै विजय लघुवित्त, स्वरोजगार लघुवित्त, रावा इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् भने यस्तै इन्फीनिटी लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।