बबरमहलमा बाटो पार गर्न आफैंले स्वीच थिच्नु पर्ने ट्राफिक लाइट राख्दै महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि ट्राफिक बत्ति राख्ने भएको छ ।

काठमाडौं जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा पटक–पटक सवारी साधनका कारण पैदल यात्री दुर्घटनामा पर्न थालेपछि सो स्थानमा ट्राफिक बत्ति राख्न लागिएको हो ।

शुक्रबारदेखि महानगरपालिकाले बत्ती जडानको काम अगाडि बढाएको छ । सो क्षेत्रमा दुर्घटना बढेसँगै कानून व्यवसायीहरुको अग्रसरतामा काठमाडौं महानगरपालिकासँग ट्राफिक व्यवस्थापनको माग गरिएकोमा सोही माग बमोजिम महानगरपालिले बत्ति जडान गर्न लागेको अधिवक्ता कमलप्रसाद पोखरेलले बताए ।

सो बत्ति पदलयात्रीहरुले आफ्नो अनुकुलतामा स्वीच बटन थिचेर रातो बत्तिमा सवारी साधन रोकिएपछि बाटो काट्न सकिने उनले बताए ।


क्लिकमान्डु