दायाँ इन्जिन फेल भएको श्री एयरलाइन्सको विमान सुरक्षित अवतरण
काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान बीचबाटै काठमाडौं फर्काइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरका अनुसार दायाँ इन्जिनमा समस्या देखिएपछि विमान फर्काइएको हो । उनका अनुसार विमानस्थलमा सुरक्षित रुपमा श्री को विमान अवतरण भएको छ ।
काठमाडौंबाट उडेको उडान नम्बर २२५ को विमान इन्जिनमा समस्या देखिएपछि विमानस्थलदेखि ६० माइल दूरीबाट फर्काइएको हो ।
श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले इन्डिकेटरले विमानमा समस्या देखिएको संकेत दिएपछि फर्काइएको जानकारी दिए ।