धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या, बीचबाटै काठमाडौं फर्काइयो



फाइल तस्बिर

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

काठमाडौंबाट उडेको उडान नम्बर २२५ को जहाज इन्जिनमा समस्या देखिएपछि ६० माइलबाट फर्काइएको हो ।

जहाज काठमाडौं विमानस्थलमा अवतरणको तयारी भइरहेको छ । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले इन्डिकेटरले विमानमा समस्या देखिएको संकेत दिएपछि जहाज फर्काइएको बताएका छन् ।


क्लिकमान्डु