माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए गभर्नरसँग शपथग्रहण



काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष केसीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति थियो ।

माछापुच्छ्रे बैंकको बिहीबार बसेको ४९१औं सञ्चालक समिति बैठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । केसी सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो, कन्सट्रक्सन, बैंक तथा वित्तीय संस्थालगायतमा आबद्ध छन् ।


क्लिकमान्डु