प्रसाईंलाई ‘नजरबन्द’ गरिएको भन्दै राप्रपा अध्यक्षको बिरोध



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दमा राखिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार व्यवसायी प्रसाईंलाई सुरक्षा दिएको भन्दै घरबाट प्रहरीले बाहिर निस्कन नदिएपछि राप्रपा अध्यक्षले त्यसको बिरोध गरेका हुन् ।
‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न,भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरुद्धका काम हुन्’ उनले भनेका छन् ।

धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान ननिस्किने भन्दै उनले भनेका छन्,’सरकारले आफूलाई तत्काल सच्याओस्!’


क्लिकमान्डु