पर्यटक आगमन बढेसँगै राजस्व बढ्यो, सवा दुई अर्ब संकलन



काठमाडौं । पर्यटक आगमनसँगै पर्यटन क्षेत्रको राजस्व बढ्दै जान थालेको छ । पर्यटक आगमन बढेसँगै यो क्षेत्रको करमा योगदान पनि बढेर वार्षिक सवा दुई अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

पर्यटन उद्योगतर्फ आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ७८ करोड, आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब ०२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा कोभिड महामारीका कारण यो क्षेत्रको योगदान निकै कम थियो । उक्त वर्ष जम्मा ७ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ र आव २०७९/०८० मा क्रमशः १ अर्ब २३ करोड र २ अर्ब ३६ करोड रुपैयाँ संकलन भएकोले पर्यटन उद्योग सुधारतर्फको गएको छ । पर्यटन उद्योगमा पछिल्लो समय भएको सुधारसँगै यस क्षेत्रले गर्ने राजस्वमा योगदानमा समेत बढ्दै गएको हो ।


क्लिकमान्डु