प्रदर्शनका लागि तीनकुने पुगेका प्रसाईंका समर्थकहरु पक्राउ



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं पक्षमा तीनकुनेमा प्रदर्शन गर्न पुगेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न अनुमति नदिएको तीनकुनेमा पुगेका प्रसाईं पक्षका ७ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई प्रहरीले भ्यानमा राखेर लगेको छ । यसअघि हिजोको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले आधा दर्जन जनालाई पक्राउ गरिसकेको छ ।

स्थानीय प्रशासनले प्रसाईं पक्षलाई काठमाडौंको बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको छ । तर तीनकुनेमा कार्यक्रम गर्ने प्रसाईंले बताए ।

तीनकुनेमा कार्यक्रम गरे कारबाही गर्ने प्रशासनले जनाएको छ ।


क्लिकमान्डु