चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट आइएमई लाइफ इन्स्योरेन्स सम्मानित



काठमाडौं । इन्डियन चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ बाट आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ ।

आइएमई लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड- नेपाल’ को रनर अपका रुपमा बिहीबार सम्मानित भएको हो ।

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लूसी, इन्डियन इन्स्टिच्युट, इन्स्योरेन्सलगायत थुप्रै संस्थाद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचकांकमा उत्कृष्ट कार्यसम्पादनका आधारमा उक्त अवार्ड प्रदान गरिएको हो ।

भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अवार्ड ग्रहण गरेका छन् । इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीको सहभागिता थियो ।


क्लिकमान्डु