सेयर बजारसँगै बढ्यो कारोबार रकमः कसले कमाए, कसले गुमाए ?



काठमाडौं । निकै उतार चढाबकाबीच सेयर बजारमा सुधार देखिएको छ । कारोबारको सुरुमा घटेर करिब १ घन्टपछि बढ्न थालेको बजार पुनः एक घन्टा बढेर घटन थालेको थियो ।

कारोबार सकिन १ घन्टा बाँकी रहँदादेखि बढ्न थालेको बजार १८६३.०२ बिन्दुमा पुगेर करिब आधाघन्टा पनि घट्न थालेको थियो । अन्तिम ११ मिनेटमा बजारमा सुधार देखिँदा बजार मापन गर्ने सूचक ९.८७ अंकले बढेर परिसूचक १८६०.२० बिन्दुमा रोकिएको छ । बजारमा सुधार आउँदा कारोबार रकम पनि बढेको छ ।

२९२ कम्पनीको ४४ लाख २० हजार ५१८ कित्ता सेयर १ अर्ब ३४ करोड ८३ लाख ४७ लाख ४३० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली देखिएको छ । केही समूहको उपसूचक भने राताम्मे बनेका छन् । कारोबारमा बैंकिङ समूहको उपसूचक ८.४९, माइक्रोफाइनान्स ९.४५, अन्य समूहको १.४५ अंकले घटेको छ । यस्तै कारोबारमा विकास बैंक ६२.५८, वित्त १८.३७, होटल ३०.६९, जलविद्युत २१.४०, जीवन बीमा ३३०.६६, उत्पादन तथा प्रशोधन ४४.०१, निर्जीबन बीमा समूहको उपसूचक १७९.०७ अंकले बढेको छ ।

कारोबारमा बुद्धभुमी नेपाल हाईड्रोपावर, थ्री स्टार, सिकलेस हाईड्रोपावर, सानिमा रिलायन्स लाइफ, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । बिहीबार नै नगद मात्रै ११ प्रतिशत लाभांश घोषणा गरेको नबिल बैैंकको सेयर मूल्य घटेको छ । यो दिन नबिल बैंक, किसान लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स, माहुली लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको १३ करोड १० लाख ७६ हजार १०५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र सानिमा जीआईसी इन्स्योरेन्स रहेको छ ।


क्लिकमान्डु