बल्खुमा दुर्गा प्रसाईंसँगै देखिए राप्रपा सांसद ज्ञानेन्द्र शाही



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नतृत्वको अभियानले गरेको प्रदर्शनमा राप्रपाका सांसद ज्ञानबहादुर शाही पुगेका छन् ।

बिहीबार प्रसाईं नेतृत्वको अभियानले बल्खुमा प्रदर्शन आयोजना गरेको छ । काठमाडौंका विभिन्न क्षेत्रबाट निस्किएको र्‍याली बल्खु पुगेपछि प्रसाईंले सम्बोधन गरेका थिए । उनले सम्बोधन गर्ने क्रममा राप्रपाका प्रवक्ता एवं प्रमुख सचेतकसमेत शाही पनि देखिएका हुन् ।

अभियानले नेपालमा राजतन्त्रको पुनर्स्थापना तथा हिन्दू राज्य पुनर्स्थापनाको माग गरिरहेको छ । राप्रपाको एजेन्डसँग मिल्दो माग भएकाले प्रसाईं नेतृत्वको आन्दोलनमा सहभागी हुनुपर्ने माग राप्रपामा उठेपनि औपचारिक निर्णय भने भएको थिएन ।


क्लिकमान्डु