बल्खुमा झडप हुँदा दुई जना घाइते, अस्पताल लगियो



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले काठमाडौंको बल्खुमा आयोजना गरिरहेको प्रदर्शनका क्रममा भएको झपडमा दुई जना घाइते भएका छन् ।

बिहीबार बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रसाईं नेतृत्वको अभियानले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन आएकाहरु बल्खुमा भेला हुने क्रममा झडप भएको थियो ।

कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा प्रसाईं पक्षको कार्यक्रममा सहभागी हुन आएकाहरुले ढुंगा प्रहार गरेका थिए । ढुंगामुढाबाट केही संरचनामा क्षति पुगेको छ भने केही मोटरसाइकल र गाडीमा पनि क्षति पुगेको थियो ।

झडपका क्रममा घाइते भएका दुई जनालाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । टाउकोमा चोट लागेपछि उनीहरूलाई अस्पतालमा लगिएको जनाइएको छ ।

अहिले अवस्था सामान्य रहेको छ । उपत्यकाका विभिन्न स्थानबाट र्‍यालीहरु बल्खु पुगेका छन् ।


क्लिकमान्डु