सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगमा थपिए चार सदस्य



काठमाडौं । सरकारले अवैध सुन तस्करी नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगमा चार सदस्य थप गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा चार जना सदस्य थप गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको थियो । आयोगको मागबमोजिम चारजना प्राविधिक जनशक्तिसहितको सदस्य थपिएको उनको भनाइ छ ।


क्लिकमान्डु