ग्रामीण विकास लघुवित्तले बनायो सेयरधनीको हात खाली



काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीका हात खाली बनाएको छ । यो पटक संस्थाले सेयरधनीलाई लाभांश नदिने भएको छ । संस्थाले मंसिर ३० गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छैन । साधारणसभाका लागि लघुवित्तले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

सभामा अन्य उपयुक्त संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धी प्रस्ताव लैजाने र त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव गरेको छ । सभाले लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमित तोक्ने छ ।

सभा संस्थाको प्रधान कार्यालय, बुटवलमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा भौतिक तथा भर्चुअल माध्यबाट हुने भएको छ ।


क्लिकमान्डु