ओपन एआईबाट बर्खास्त भएका सीईओ अल्टमेन माइक्रोसफ्टमा आवद्ध हुने



एजेन्सी । जेनेरेटिभ एआई च्याट जीपीटीको निर्माता कम्पनी ओपनएआईका पूर्व सिईओ सेम अल्टमेन माइक्रोसफ्टमा आवद्ध हुने भएका छन् ।

गत शुक्रबार अचानक बर्खास्त गरिएका अल्टमेन माइक्रोसफ्टमा आवद्ध हुन लागेका हुन् । उनी माइक्रोसफ्टमा एआईसम्बन्धित अनुसन्धान गर्ने टिमको नेतृत्वकर्ताका रुपमा आवद्ध हुन लागेका हुन् । माइक्रोसफ्टका सिईओ सत्य नडेलाले सामाजिक सञ्जालमार्फत अल्टमेन माइक्रोसफ्टमा आवद्ध हुन लागेको जानकारी दिएका छन् ।

अल्टमेनसँगै ओपनएआईबाट बर्खास्त भएका गेर्ग ब्रोकमेनलाई पनि माइक्रोसफ्टमा नै आवद्ध हुन लागेका हुन् ।माइक्रोसफ्टका सिइओ नडेलाले लेखेका छन्, सहकर्मिहरुसँगै अल्टमेन र ब्रोकमनले माइक्रोसफ्टमा नयाँ एडभान्स एआई रिचर्स टिमको नेतृत्वकर्ताका रुपमा आवद्ध हुनेछन् । हामी उनीहरुलाई सफलताका लागि आवश्यक सम्पूर्ण स्रोतहरु जुटाउनेछौं ।

अल्टमेनले पनि नडेलाको पोस्टलाई रिट्विट गर्दै मिसन जारी रहेको बताएका छन् ।

शुक्रबार बर्खास्त भएका अलटमेनलाई पुनः ओपनएआईमा नै ल्याउनका लागि समेत छलफल भएको थियो । तर, उक्त छलफल सफल भएन ।


क्लिकमान्डु