नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद बढी
काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ ।
बैंकले गत आवको नाफाबाट १०.५५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा ३.७५ प्रतिशत बोनस र कर सहित ६.८० प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारणसभाले पारित गरेपपछि सेयरधनीले पाउनेछन् ।