‘एनआइसी एसिया ग्रोथ फन्ड २’ निष्कासन



काठमाडौं । एनआइसी एशिया क्यापिटलले ‘एनआइसी एसिया ग्रोथ फन्ड २’ निष्कासन गरेको छ ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री निष्कासका गरेकोमा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।

यसमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग अनुसार आवेदन नपरेमा मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् । फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ ।

यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु